जिन्दगीको यथार्थ – (शोभा पोखरेल)

जिन्दगीको वेग सकि नसकी सम्हालेर
नडुब्ने प्रयत्नमा बारबार पौडीरहेछन्
अनि यो स्वार्र्थी समाजमा ठुलो बन्नलाई
यहाँ हर कोहि दौडिरहेछन्।।।।।।

नदि अनेकौ, छाल अनेकौं रुमल्लिदै
ठोक्किएर अचेत कहिले बौरिरहेछन्
थाहा छैन कहाँ अन्त्य छ आफ्नो
र पनि जीबनको यथार्थ भुलाएर
यहाँ हर कोहि दौडिरहेछन्।।।।।।

कहिले सन्तानको खुसीको लागि
त कहिले राम्रो भबिष्यको लागि
गाँसलाईनै कटाएर पेटको परिधी खौरिरहेछन्
अरुको औकातमा जीउन नि हैन, सायद आफ्नै सिर्जना गर्न
यहाँ हर कोहि दौडिरहेछन्।।।।

हत्क्ेलीको रेखा थप्न पनि हैन
बिधाताको लेखान्त मेट्न पनि हैन
बस दुई दिन बाच्नकै लागि परिस्थितिहरुलाई तौलिरहेछन्
अनि भोलि चाहेको जिन्दगीको मिठो सपना देख्दै
यहाँ हर कोहि दौडिरहेछन्।।।।

न त घाँमलाई नै भेट्न हो
न त जुनलाई नै भेट्न हो
बस जिन्दगीको खुशी भेट्न
यहाँ हर कोहि दौडिरहेछन्।।।।।।।

Share: